नेपाली महिला भलिबल टोली च्याम्पियन
१३ पुस काठमाडौं । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।
मंगलबार बंगलादेशको ढाकास्थित शाहीद सोह्रावर्दी नेसनल इन्डोर स्टेडियममा साविक विजेता नेपालले उज्वेकिस्तानलाई २६–२४, २४–२६, २५–१५, २२–२५, १५–११ ले हरायो ।
पहिलो सेटमा उज्वेकिस्तानले १८ अंकसम्म अग्रता लिएको थियो । नेपालले १८–१८ को बराबरी गर्यो । त्यसपछि रोमाञ्चक बनेको सेटमा नेपालले २६–२४ को स्कोरमा नतिजा आफ्नो पक्षमा पार्यो ।