ए डिभिजन लिग फुटबलः आज तीन खेल हुँदै


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १७ २०७८
8.8K
SHARES

१७ पुस काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

लिगको सातौं चरण अन्तर्गत आज तीन खेल हुन लागेको हो । जसअनुसार दुई खेल दशरथ रंगशाला र एक खेल पोखरा रंगशालामा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र जवालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र जवालाखेलबीचको खेल आज दिउँसो १ बजे सुरु हुनेछ ।

थ्री स्टार ६ खेलमा ७ अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ । जावलाखेल ६ खेलमा ७ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

त्यस्तै पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ । मनाङ र ब्रिगेडबीचको खेल आज दिउँसो २ बजे सुरु हुनेछ ।

मनाङ ६ खेलमा १३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एएफसी कप छनोट खेल्नका लागि मनाङलाई ब्रिगेडविरुद्ध जित्नैपर्ने दबाब छ ।

ब्रिगेड ६ खेलमा ५ अंक जोडेर लिगको १२ औं स्थानमा रहेको छ ।

दशरथ रंगशालामा हुने अर्को खेलमा संकटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ । संकटा र च्यासलबीचको खेल ४ः४५ बजे सुरु हुनेछ ।

संकटा क्लब ६ खेलमा १२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । च्यासल ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।