ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको ५० विकेट


Capital Headline
प्रकाशित मिति : सोमबार, फाल्गुन २ २०७८
2.7K
SHARES

२ फागुन काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिएका छन् । सन्दीपले सोमबार ओमान जारी चारदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा आयरल्यान्डविरुद्ध ५०औँ विकेट लिएका हुन् । सन्दीपले १८औँ ओभरको पहिलो बलमा जर्ज डेकक्रेललाई कुशल भुर्तेलमार्फत क्याच गराएका थिए । यससँगै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा भएको हो ।

सन्दीपले २९ खेलबाट ५० विकेट लिएका हुन् । सन्दीपले वेस्ट इन्डिजविरुद्ध आईसीसी विश्व–११ को टिमबाट खेल्दै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए ।