र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्छौँ – मन्त्री गहतराज
Capital Headline
प्रकाशित मिति :
बिहिबार, फाल्गुन २६ २०७८
7.4K
SHARES
२६ फागुन काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले र्याफ्टिङलाई राष्ट्रिय खेलमा समावेश गर्ने तयारीमा सरकार रहेको बताएका छन् । बुधबार त्रिशुली नदीमा भएको १९ औं हिमालय राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप प्रतियोगिता कार्यक्रममा बोल्दै मन्त्री गहतराजले राष्ट्रिय खेलमा समावेश गर्ने विषयमा मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदसँग छलफल गरिरहेको बताए ।
उनले खेललाई मनोरञ्जनको रुपमा मात्रै नभएर उद्योगसँग जोड्नु पर्ने आवश्यकता रहेको औंल्याए । नेपाललाई समृद्ध बनाउने महत्वपूर्ण आधार भनेकै प्रकृति र संस्कृतिको प्रयोग भएको भन्दै मन्त्री गहतराजले र्याफ्टिङ खेल प्रकृतिसँग जोडिएकाले गुरुयोजनाको रुपमा विकास गर्नु पर्ने बताए । र्याफ्टिङ लगायत अन्य जलाशय युक्त खेलमा काठमाडौंबाट नजिकमा रहेका त्रिशुली,सुनकोसी र भाेटेकाेसीलाई कसरी प्रयोग गर्ने भन्ने विषयमा अध्ययन गर्ने उनले बताउ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट