शारीरिक अपांगता भएका व्यक्तिको टी–२० विश्वकप क्रिकेट प्रतियोगिता नेपालमा


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ २५ २०७९
2.8K
SHARES

२५ जेठ काठमाडौं । शारीरिक रुपमा अपांगता भएका व्यक्तिहरुका लागि सन् २०२३ मा नेपालमा विश्वकप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ। प्रतियोगिताका लागि मिति तय नभएपनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले प्रतियोगिताका लागि तयारी सुरु गर्न नेपाललाई आग्रह गरेको क्रिकेट अम्पाएर रविन्द्र गुप्ताले जानकारी दिए।

काठमाडौमा बुधबार एक कार्यक्रमका बीच गुप्ताले प्रतियोगिताको मिति तय हुन बाँकी रहेपनि ८ राष्ट्र सहभागी हुने जानकारी दिए।विश्वकप क्रिकेट गर्नका लागि आफुहरु तयार रहेकाले आइसीसीसँग यसबारेमा थप छलफल गर्न भने बाँकी रहेको उनले बताए।  सन् २०१७ मा स्थापना भएको ह्वीलचियर क्रिकेट संघले शारिरिक रुपमा अपाङगता भएका खेलाडीहरुका लागि प्रतियोगिता आयोजना गर्दै आएको छ।