दिपेन्द्रको टी–ट्वान्टी वरियतामा सुधार


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन १८ २०७९
1.8K
SHARES

१८ साउन काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको टी–ट्वान्टीको ब्याटिङ वरीयता सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामाको ४३ औं स्थानमा उक्लिएका छन् ।  यसअघि उनी ४४ औं स्थानमा थिए ।

टी–ट्वान्टी वरीयतामा नेपालका कुशल भुर्तेद यथावत रहेका छन् भने आसिफ शेख एक स्थान तल झरेका छन् । कुशल ४० औं स्थानमा यथावत रहँदा आसिफ एक स्थान तल झदै ९७ औं स्थानमा छन् ।बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत रहेका छन् ।