विश्वकपको ट्रफी सगरमाथाको आधार शिविरमा लगिँदै
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र ५ २०७९
2.8K
SHARES
५ भदौ काठमाडौ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने भएको छ । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने नेपाल क्रिकेट संघ(क्यान)का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए ।
‘अष्ट्रेलियामा आयोजना हुने विश्वकप ट्रफी यसै महिना नेपाल आइपुग्नेछ । आईसीसीको तालिका अनुसार विश्वकप ट्रफी भदौ १४ मा नेपालमा ल्याइनेछ । त्यो समयमा ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने छ,’ मल्लले रातोपाटीसँगको कुराकानीमा भने ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट