अखिल (क्रान्तिकारी) द्धारा “काठमाडौं रेस २०७९ ” आयोजना


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २८ २०७९
3.8K
SHARES

२८ भदौ काठमाडौं । ८ औँ संविधान दिवसको अवसरमा “काठमाडौं रेस २०७९” हुने भएको छ । असोज ३ गते  “काठमाडौं रेस २०७९” ५ कि मी दुरीको मिनी म्याराथनहुने भएको  हो ।

“संविधान कार्यान्वयनमा माओवादी नेतृत्वका लागी हाम्रो समर्थन  शिक्षा ! स्वास्थ्य, रोजगार ग्यारेन्टीका लागी मिनी म्याराथन !! ” भन्ने नाराका साथ नेपाल एथलेटिक्स संघ, सहिद स्मृति स्पोर्ट एकेडेमी, राष्ट्रिय खेलकुद परिषद्, नेपालको समन्वय र अखिल (क्रान्तिकारी) पवन कार्कीको नेतृत्वमा रहेको कमिटीको आयोजनामा हुने अखिल

(क्रान्तिकारी)को केन्द्रीय प्रवक्ता उपदेश यादवले बताए । कार्यक्रमअसोज ३ गते  बिहान ७ः०० बजे त्रिपुरेश्वर, थापाथली, माइतीघर, बवरमहल हुँदै बिजुली बजार पुल हुँदै एभरेष्ट होटल अगाडिको डीभाइडर पुगेर सोही बाटो फर्केर त्रिपुरेश्वर सम्मको ५ किलोमिटरको मिनी म्याराथन हुने उनको भनाइ छ ।

म्याराथनका लागि सहभागी हुनका लागि रजिस्ट्रेसन शुल्क  ९९ तथा सहभागी विद्यार्थीहरूलाई निःशुल्क टी शर्ट निःशुल्क उपलब्ध गराउने उनले बताए । म्याराथनमा प्रथम २५  हजार द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १५ हजार सहित ट्रफि र मेडल प्रदान गरीने संगंठन विभाग प्रमुख बाल कुमार के.सी ले बताए  ।