साउदी अरेबियासँगको खेल रद्द, नेपाल सेमिफाइनलमा


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख ११ २०८०
2.5K
SHARES

११ वैशाख काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत आज हुने भनिएको घरेलु टोली नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ। निरन्तर पानी परेपछि टस हुन नसकेको अवस्थामा खेल रद्द गरिएको हो। वर्षाका कारण मैदान भिजेकाले खेल रद्द गरिएपछि नेपाल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ।

माथिल्लो मूलपानी मैदानमा हुने भनिएको खेलमा नेपाल साउदीलाई हराउँदै सेमिफाइनलमा पुग्ने तयारीमा थियो। तर खेल रद्द भएपछि नेपाल पाँच अंकसहित सेमिफाइनल पुगेको हो।  समूह ए मा रहेको नेपाल २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा थियो। खेल रद्द भएपछि ५ अंकसहित नेपालले सेमिफाइनल यात्रा तय गरेको हो।

उता साउदी भने एक खेलमा जित र एक खेलमा हार भोग्दै २ अंकसहित चौथो स्थानमा छ। खेल रद्द भएपछि उसले पनि १ अंक थपेर ३ बनाएको छ।  नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ६ विकेट र दोस्रो खेलमा ओमानलाई ८४ रनको फराकिलो अन्तरले हराएको थियो।  साउदी पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित हुँदा दोस्रो खेलमा कतारलाई ७ विकेटले पाखा लगाएको थियो।