नेपाल पहिले ब्याटिङमा


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ३ २०८०
2.4K
SHARES

३ असार  काठमाडौं । एक दिवसीय विश्वकप छनौट चरणको पहिलो खेलमा नेपालले जिम्बाबे बिरुद्ध खेल्दैछ । हरारेमा टस हारेको नेपाललाई जिम्वावेले ब्याटिङको निम्तो दिएको छ । खेलमा नेपालको कप्तानी रोहित पौडेल र जिम्बाबेको कमानी क्रेग इर्विनले गर्नेछन्।

पछिल्लो समय उच्च लयमा रहेको नेपाल यसलाई कायम राख्ने योजनामा हुनेछ। विश्वकप छनोटमा नेपाल जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका रहेको समूह एमा छ। समूह बीमा श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र यूएई छन्। विश्वकप छनोटका लागि नेपालले स्कटल्यान्डसँग दक्षिण अफ्रिकामा र जिम्बाबेमा दुई अभ्यास खेल खेलेको थियो।