सामान्य विवादमा गोली चल्दा एकजना गम्भीर घाइते


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २० २०८०
2.5K
SHARES

२० असार काठमाडौं । महोत्तरीमा सामान्य विवादमा गोली चल्दा एकजना गम्भीर घाइते भएका छन् ।

रामगोपालपुर नगरपालिमा स्थानीय कौशल मण्डल र श्रवण यादवबीच भनाभनका क्रममा मण्डलले चलाएको गोली लागेर यादव गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मण्डलले यादवमाथि दुई राउन्ड गोली प्रहार गरेका थिए । यादवको कन्चट र दाहिने कुममा गोली लागेको छ ।

घाइते यादवलाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरमा राखिएको छ । गोली प्रहार गर्ने मण्डललाई प्रहरीले उनले प्रयोग गरेको पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।