सय किलो सुन बरामद प्रकरण : गृहमन्त्रीले बोलाए भन्सारका महानिर्देशकलाई


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन ४ २०८०
2.5K
SHARES

४ साउन काठमाडौं । सय किलो सुन बरामद प्रकरणमा सोधपुछका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई बोलाएका छन्।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास गराई ट्याक्सीमा लाँदै गरिएको अवस्थामा अनुमानित सय किलो सुन विभागको टोलीले बरामद गरेको थियो।  सो घटनामा सोधपुछका लागि गृहमन्त्री श्रेष्ठले भन्सारका महानिर्देशक पौडेललाई आफ्नो मन्त्रालय बोलाएका हुन्।