भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०
2.5K
SHARES

१६ भदौ काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनायो ।

भारतका लागि हार्दिक पाण्डेयाल ८७ रन बनाए । यस्तै इशान किशनले ८२ रन बनाए । विराट कोहली ४ रनमा आउट हुँदा कप्तान रोहित शर्मा ११ र अर्का ओपनर शुभमन गिल १० रनमा आउट भएका थिए ।

यस्तै श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४-१४ रन बनाए । त्यसैगरि जसप्रित बुमराहले १६ रन बनाए । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदिले ४ विकेट लिए । यस्तै हरि राउफ र नसीम शाहले ३-३ विकेट लिए ।