रियल बेटिसमाथि गोल वर्षा गर्दै बार्सिलोना अपराजित


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३१ २०८०
2K
SHARES

३१ भदौ काठमाडौं । स्पेनिस लालिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा जारी राखेको छ। पाँच खेलमा चौंथो जित निकाल्ने क्रममा बार्सिलोनाले रियल बेटिसमाथि ५-० को एकपछि अर्को जित निकाल्यो।

यसै सिजना एट्लेटिको म्याड्रिडबाट लोनमा बार्सिलोना आएका पोर्चुगलका फर्वाड जोओ फेलिक्सले नउ क्याम्पमा आफनो उत्कृष्ट प्रदर्शन गर्दै टिमको जितमा अहम भुमिका निभाए। उनले बार्सिलोनाका लागि २५ औं मिनेटमा पहिलो गोल गरेका थिए।

बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले ३२ औं मिनेटमा अग्रता दोब्बर बनाए। पहिलो हाफमा २-० को अग्रता बनाएको बार्सिलोनाका लागि फेरान टोरेसले ६२ औं मिनेटमा तेस्रो गोल गरेका थिए। राफिन्नाले ६६ र जोओ कान्सेलोले ८१ औं मिनेटमा गोल थप्दा बार्सिलोनाले फराकिलो जित निकाल्न सफल भयो।

अधिकांस समय खेल आफ्नो नियन्त्रणमा राखेको बार्सिलोनाले लगातार बेटिसको पोस्टमा आक्रमण गरेको थियो। बेटिसका लागि विलियन जोसेले गरेको केही उत्कृष्ट प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क-एन्ड्री टेर स्टेगनले बचाउ गरेका थिए।