१४ किलो सुनसहित २ जना पक्राउ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २२ २०८०
2.7K
SHARES

२२ मंसिर काठमाडौ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले जानकारी दिए।

विहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका चन्द्र घलेले कपडामा बेरेरे छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान (१४ किलो) सुन भेटिएको थियो।

उनीसँग सोधपुछ गर्दा सुन गोरखाका मीनबहादुरको रहेको बताएपछि घलेलाई पनि विमानस्थलबाट पक्राउ गरिएको भन्सार ‍प्रमुख पाण्डेले जानकारी दिए।