बैंकर पक्राऊ : ३ दिन बित्दा पनि सुरु भएन बयान
१८ फागुन काठमाडौ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत मंगलबार बिहान पक्राउ गरेका बैंकर र कर्मचारीलाई तीन दिन बित्दा पनि बयार सुरु नगरेको बताएको छ ।बिहीबार साँझसम्म पनि कसैसँग बयान सुरु नभएको सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अर्थपथलाई जानकारी दिए । उनले अहिले पनि तथ्य प्रमाण र कागजात संकलनकै काम चलिरहेका कारण बयान सुरु हुन नसकेको बताए यसबीच बैंकरहरुको दबाब र राष्ट्र बैंकसँगको समन्वयका कारण पनि बयान लिन ढिलाइ भएको प्रहरीको भनाइ छ । तर प्रवक्ता बोगटीले यस्तो दबाबको विषयमा बोलनन् । बरु शुक्रबारबाट बयान लिन थाल्ने तयारी भएको जानकारी दिए ।
यस मामिलामा थप व्यक्तिहरु गिरफ्तार हुनसक्ने अड्कलबाजी बैंकरले गरिरहेका छन् । तर प्रहरीले बयान नै सुरु नगरेको टिप्पाणी गरेपछि तत्कालै थप व्यक्तिहरु पक्राउ पर्ने संभावना कम रहेको देखिन्छ । तीन दिनसम्म बयान सुरु नगरेको तर्कमाथि केही बैंकरले भने प्रश्न उठाएका छन् । ‘अहिले पनि तथ्य प्रमाण जुटाइरहेको भन्नु जायज तर्क नै होइन’ एक बैंकरले भने, ‘प्रमाण नै नजुटाइ पक्राउ गर्नु त झनै खराब व्यवहार भयो ।’