म षडयन्त्रको शिकार भएँ – सन्दीप लामीछाने


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख १९ २०८१
4.2K
SHARES

१९ वैशाख काठमाडौं । सन्दीप लामीछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । उनले सामाजिक सन्जालमार्फत आफू षड्यन्त्रको शिकार भएको लेखेका हुन् ।‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन् ।

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन् ।जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ ।