प्रतिकूल मौसमका कारण इटहरीमा विद्यालय बिदा
Capital Headline
प्रकाशित मिति :
शुक्रबार, कार्तिक १४ २०८२
1.4K
SHARES
१४ कात्तिक विराटनगर । प्रतिकूल मौसमका कारण इटहरी उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय आज (शुक्रबार) एक दिनका लागि बन्द गरिएको छ ।
इटहरी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचनामार्फत विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखेर विद्यालय बन्द गर्न निर्णय गरिएको जनाएको छ ।
“मौसम प्रतिकूल रहेकाले विद्यार्थीहरूको सुरक्षालाई ध्यानमा राखी आजका लागि सम्पूर्ण विद्यालयहरू बन्द गर्न निर्णय गरिएको छ,” शिक्षा शाखा प्रमुख रमेश कुमार साहले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट