ज्ञानोदय स्कुलमा पाकिस्तानी कम्प्युटर ल्याब
१४ मंसिर काठमाडौं । काठमाडौंको ज्ञानोदय सेकण्डरी स्कुलमा अत्याधुनिक कम्प्युटर प्रयोगशाला बनाइएको छ । नेपालका लागि पाकिस्तानी राजदूत एच.ई. अबरार एच. हाश्मीले उक्त प्रयोगशाला उद्घाटनपछि विद्यालयलाई हस्तान्तरण गर्नुभएको दूतावासले जनाएको छ ।
कलिमाटी नजिकैको बाफलमा रहेको उक्त विद्यालयको कम्प्युटर प्रयोगशाला पाकिस्तान सरकारको सहयोगमा बनाइएको हो । दूतावासले पाकिस्तान सरकार तथा जनताबाट प्रदान गरिएको सहयोग नेपालमा शिक्षा तथा डिजिटल सिकाइलाई प्रोत्साहन गर्ने निरन्तर प्रयासअन्तर्गतको श्रृंखला भएको जनाएको छ।हिजोदेखि कम्प्युटर प्रयोगशाला औपचारिक रूपमा स्कुल व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो ।