संन्यास लिनै मन लाग्दैन – इरास्मस


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १५ २०८२
1K
SHARES

१५ मंसिर काठमाडौं । नामिबियाका अल–राउन्डर गेरहार्ड इरास्मसले नेपालमा क्रिकेटप्रति समर्थकको अत्यधिक मोह रहेको प्रतिक्रिया दिएका छन् । इरास्मासले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार सम्पन्न कर्णाली याकसविरुद्धको खेलपश्चात् नेपालमा क्रिकेटप्रति समर्थकहरूको अत्यधिक मोह रहेको बताएका हुन् । एनपीएलको दोस्रो संस्करणमा इरास्मसको यो अन्तिम खेल थियो ।

“म ६ पटक नेपाल आइसकेको छु । प्रतियोगितालाई धेरै सम्झनेछु । त्रिवि रंगशालाजस्तो रंगशालामा खेल्ने सपना हरेक एसोसियट राष्ट्रका खेलाडीको हुन्छ,” इरास्मसले भने, “यहाँका समर्थकको क्रिकेटप्रतिको मोह उत्साहजनक छ । यस्तो माहोल भयो भने कुनै पनि खेलाडीलाई संन्यास लिन मन लाग्दैन ।” उनले एनपिएल दोस्रो संस्करण काठमाण्डूबाट पाँच इनिङ खेल्दा ७१ रन जोडे भने तीन विकेट लिए् । लुम्बिनी लायन्सविरुद्ध १७, विराटनगर किंग्सविरुद्ध १०, कर्णालीविरुद्ध ४३ र साबिक विजेता जनकपुर बोल्ट्सविरुद्ध एक रन जोडेका थिए । चितवन राइनोजविरुद्धको खेलमा भने उनी शून्यमा आउट भएका थिए ।   त्यसैगरी, लुम्बिनी लायन्सविरुद्ध दुई विकेट र विराटनगर किंग्सविरुद्धको खेलमा एक विकेट लिएका थिए ।