प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जन गर्न गम्भीर परामर्श भइरहेको छ – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस १० २०८२
2.5K
SHARES

१० पुस काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जन गर्ने विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको बताइन् ।

त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाईमा कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मूक्त गर्न आवश्यक रहेको बताइन् ।

‘शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर नै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बोध भएको हो । यस विषयमा गम्भीर परामर्श र गृहकार्य भइरहेको छ ।’