सावित्रा नौदेखि १२ महिना मैदानबाहिर रहने


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस २४ २०८२
2.3K
SHARES

२४ पुस काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) नौदेखि १२ महिना मैदानबाहिर रहने भएकी छन् । बुधबार अस्ट्रेलियन शीर्ष डिभिजन क्लब वेलिङ्घन फोनिक्सले साम्बाको स्वास्थ्य परीक्षणका क्रममा गम्भीर चोट लागेको देखिएको पुष्टि गरेको छ । उनी नौदेखि १२ महिनासम्म मैदानबाहिर रहने सक्ने क्लबले जनाएको छ ।

“सिजनको अन्त्यमा साम्भा घाइते भएकी छन् । उनको स्वास्थ्य परीक्षण (एमआरई) गर्दा दायाँ खुट्टामा गम्भीर चोट लागेको पुष्टि भएको छ । र, उनी यही चोटका कारण नौदेखि १२ महिना मैदानबाहिर बस्ने भएकी छन्,” वेलिङ्घटनले भनेको छ ।

क्लबका अनुसार, यही जनवरी ३ मा सम्पन्न ब्रिस्बेन रोरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् । खेलको दोस्रो हाफमा बल नियन्त्रणमा लिन खोज्दा साम्बाको खुट्टा ब्रिस्बेनकी गोलकिपर क्लोइ लिंकनसँग ठोक्किएको थियो ।