एट्लान्टाविरुद्ध बार्यनको फराकिलो जित


Capital Headline
प्रकाशित मिति : बुधबार, फाल्गुन २७ २०८२
1.1K
SHARES

२७ फागुन काठमाडौं । जर्मन क्लब बार्यन म्युनिखले च्याम्पियनस लिगको अन्तिम–१६ मा इटालियन क्लब एट्लान्टाविरुद्ध पहिलो लेगमा ६–१ को फराकिलो जित निकालेको छ ।  मंगलबार बार्यनलाई एट्लान्टको घरेलु मैदान गेविस रंगशालामा जित दिलाउन माइकल ओलिजले दुई गोल गरे । सर्ज गेनाब्री जोसिप स्टानिसिक, निकोलास ज्याक्सन र जमाल मुसियालाले समान एक गोल गरे । जवाफमा एट्लान्टाका मारिको पासालिकले एक गोल फर्काए ।

खेलको १२औँ मिनेटमा स्टानिसिकले बार्यनलाई अग्रता दिलाए । २२औँ मिनेटमा ओलिजले अग्रतालाई दोब्बर बनाए । २५औँ मिनेटमा गेनाब्रीले अग्रतामा एक गोल थपे । ५२औँ मिनेटमा ज्याक्सनले गोल गर्दै अग्रतालाई ४–० को स्थितिमा पुर्‍याए ।

६४औँ मिनेटमा ओलिजले दोस्रो व्यक्तिगत गोल गरेपछि बार्यनले ५–० को स्पष्ट अग्रता बनायो । ६७औँ मिनेटमामा मुसिलायले गोलगर्दै बार्यनलाई ६–० को अग्रतामा राखे ।  इन्जुरी टाईममा एट्लान्टाका पासिलिकले टोलीको निम्ति एक गोल फर्काए । अब यी दुईबीचको दोस्रो लेग आगामी मार्च १९ मा हुने तालिका छ ।