बार्यनले च्याम्पियन्स लिगको अन्तिम आठमा रियालसँग खेल्ने
५ चैत काठमाडौं । एट्लान्टालाई समग्रमा १०–२ ले पराजित गर्दै जर्मन क्लब बार्यन म्युनिख च्याम्पियनस लिगको अन्तिम–८ मा प्रवेश गरेको छ । यो जितसँगै बार्यनले अन्तिम–८ मा रियालसँगको भेट पक्का गरेको छ ।यी दुईको पहिलो लेग अप्रिलको पहिलो साता हुने तालिका छ । बुधबार म्युनिखले अन्तिम–८ मा प्रवेश गर्नेक्रममा एट्लान्टालाई दोस्रो लेगमा ४– १ ले पराजित गर्यो ।
यो सँगै बार्यनले समग्रमा १०–२ को जित निकालेको हो । बार्यनको जितमा ह्यारी केनले दुई गोल गरे । लेनार्ट कार्ल र लुइज डियाजले समान एक गोल गरे ।
एट्लान्टाका लजार सामारजिकले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । बार्यनले पहिलो हाफमा एक र दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको २५औँ मिनेटमा केनले बार्यनलाई अग्रता दिलाए । ५४औँ मिनेटमा उनै केनले व्यक्तिगत गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।
५६औँ मिनेटमा कार्लले गोल गरेपछि बार्यनले एट्लानटाविरुद्ध ३–० को स्पष्ट अग्रता बनाएको थियो । ७०औँ मिनेटमा डियाजले अग्रत्मा एक गोल थपे । ८५औँ मिनेटमा सामाजिकले गोल गर्दै एट्लान्टालाई १–४ को स्थितिमा फर्काएका थिए । पराजित एट्लान्टा भने हारसँगै च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।