प्रतिवेदन सार्वजनिक माग गर्दै त्रिचन्द्रका विद्यार्थी सडकमा


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२
1.2K
SHARES

१० चैत काठमाडौं । घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीले भदौ २३ र २४ गतेको घटनाको सत्यतथ्य सार्वजनिकको माग गरेका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र बहुमुखी क्याम्पसको आयोजनामा भएको प्रदर्शनमा “जेन जी आन्दोलनको सत्यता जान्ने हाम्रो अधिकार, कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर” भन्ने नारा लगाइएको छ । युनियनका अध्यक्ष गोविन्द कोइरालाको नेतृत्वमा भएको कार्यक्रममा मनोज भण्डारीलगायतले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न दबाब दिएका हुन् ।

उनीहरुले “विद्यार्थी मार्नेलाई कारबाही, सिंहदरबार जलाउनेलाई दण्ड, परिवारलाई न्याय”, “प्रधानमन्त्रीज्यू, हाम्रा विद्यार्थीलाई कसले गोली चलायो ? रिपोर्ट सार्वजनिक गरियोस्’, “सत्य लुक्दैन, रिपोर्ट किन खुल्दैन ?”, “रगतले लतपतिएको प्रतिवेदन खोई ?” नारा लगाएका हुन् । विद्यार्थीहरूले घटनाको सत्यतथ्य सार्वजनिक नगरेसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।