सर्वोच्चद्वारा शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थी भर्ना नगर्न आदेश


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
1.2K
SHARES

२० चैत काठमाडौैं । सर्वोच्च अदालतले शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना प्रक्रिया अघि बढाउन सरकार र सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ। नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै केही विद्यालयहरूले भर्ना प्रक्रिया अगाडि बढाएको भन्दै दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले अन्तरिम आदेश जारी गरेको हो।

निवेदनमा सत्र सुरु हुनुअघि नै विद्यालयहरूले प्रवेश परीक्षा तथा प्रतिस्पर्धात्मक प्रक्रियाको नाममा सूचना प्रकाशित गरेको विषय उठाइएको थियो। अदालतले यस सम्बन्धमा शिक्षा नियमावलीविपरीत कुनै पनि गतिविधि नगर्न सम्बन्धित पक्षहरूलाई स्पष्ट निर्देशन दिएको छ।