निर्देशन नमान्ने स्कुललाई कारबाही


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख ८ २०८३
741
SHARES

८ बैशाख काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बालबालिका र अभिभावकलाई अतिरिक्त बोझ दिने विद्यालयलाई कारबाही गर्न निर्देशन दिएको छ । केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।  कतिपय विद्यालयले विद्यार्थी–अभिभावकलाई अनावश्यक पाठ्यसामग्री किन्न लगाएको गुनासोपछि केन्द्रले स्थानीय तहसँगको समन्वयमा अनुगमन गरी त्यस्ता स्कुललाई कारबाही गर्न भनेको छ । साथै, गुणस्तरहीन सामग्री प्रकाशन र वितरण गर्ने तथा विद्यालयबाटै पोशाक, पाठ्यपुस्तकलगायत स्टेशनरी सामग्री किन्न बाध्य पारिएको पाइएमा पनि कारबाही गर्न केन्द्रको निर्देशन छ ।

‘सरकारको नीति र कानूनविपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त बोझ दिने, गुणस्तरहीन सामग्री प्रकाशन र वितरण गर्ने, विद्यालयहरुबाटै पोशाक, पाठ्यपुस्तक स्टेशनरी बिक्रीवितरण गर्नेजस्ता कार्यहरु भए–नभएको स्थानीय तहसँगसमेत समन्वय तथा अनुगमन गरी कारबाही गर्नु गराउनुहुन र सोको जानकारी यस केन्द्रमा पठाउनुहुन अनुरोध छ,’ परिपत्रमा उल्लेख छ ।