पीएसजीको कठिन जित
Capital Headline
प्रकाशित मिति :
सोमबार, बैशाख २८ २०८३
1.2K
SHARES
२८ बैशाख काठमाडौं । लिग लिडर पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा ब्रेस्टविरुद्व १–० को कठिन जित निकालेको छ । आइतबार पार्क डेस प्रिन्सेसमा डिसिरे डुएले दोस्रो हाफमा गरेको एकमात्र गोल घरेलु टोली पीएसजीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले ८२औँ मिनेटमा लुकास हर्नान्डेजको पासलाई गोलमा परिणत गरेका थिए ।
जितसँगै पीएसजीले ३२ खेलमा ७३ अंक जोडेको छ । यो दोस्रो स्थानको लिसको भन्दा ६ अंक बढी हो । यता, पराजित ब्रेस्ट ३२ खेलबाट ३८ अंकका साथ १२औँ स्थानमा छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट