बस दुर्घटना : दुईजनाको मृत्यु, २५ घाइते


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख २९ २०८३
627
SHARES

२९ बैशाख बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, कुँडेलेमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । २५ जना घाइते छन् ।  मंगलबार (वैशाख २९) दिउँसो झ१ख ५०४ नम्बरको बस दुर्घटना भएको पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमले जानकारी दिए ।

घाइतेहरूलाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची र मिसन अस्पताल पाल्पामा पठाइएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची जनाएको छ ।