ट्रकमा ठोक्कियो हात्ती गाडी, सिन्धुपाल्चोकका १ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३१ २०८३
1K
SHARES

३१ बैशाख काठमाडौं ।काठमाडौ महानगरपालिका-३२ जडिबुटी मनोहरा पुल नजिक सडक दुर्घटनमा परी सिन्धुपाल्चोकका सीताराम ढुंगानाको मृत्यु भएको छ। रोकी राखेको बा.प्र ०६-००१ ख ०५७३ नम्बरको ट्रकमा प्र.३-०१-०२३ च ०३१० नम्बरको हात्ती गाडी ठक्कर खाई बिहीबार बिहान दुर्घटना भएको हो।

सो क्रममा हात्ती गाडीमा सवार भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१३ घर भएका ५० वर्षीय सीताराम ढुङ्गानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रामा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हात्ती गाडीका चालक र हात्ती गाडीमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।