दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
Capital Headline
प्रकाशित मिति :
बुधबार, जेष्ठ ६ २०८३
779
SHARES
६ जेठ काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ । प्रसाईँले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो ।
इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग प्रसाईँमाथिको अनुसन्धानको फायल पेस गर्न पनि आदेश दिएको छ ।प्रसाईँलाई सोमबार प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो । उनी त्यहाँ एक कार्यक्रममा सहभागी हुन भनेर पुगेका थिए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट