पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदा


Capital Headline
प्रकाशित मिति : बिहिबार, जेष्ठ ७ २०८३
855
SHARES

७ जेष्ठ काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएकाले बिहीबार (जेठ ७) शोक बिदा दिइएको छ । शोक बिदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालतका पूर्वन्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै आज बिदा दिइएकाले इजलास सञ्चालन नहुने जानकारी दिए । प्रधानको ९७ वर्षको उमेरमा बुधबार (जेठ ६) निधन भएको थियो । रासस