भारतीय विज्ञ एसडी मुनीले दिए बालेनलाई बधाई
१७ जेठ काठमाडौं । भारतका कथित नेपालविज्ञ एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा समस्याबारे ‘बोल्ड’ अभिव्यक्ति दिएको भन्दै बधाई अर्पण गरेका छन् । उनले एक ट्विट गर्दै बालेनलाई बधाइ दिएका हुन् ।
नेपाल र भारतको सीमा समस्या एकतर्फी छैन भन्ने साहसिकरुपमा स्वीकारेको हुँदा प्रधानमन्त्री शाहले बधाइ डिजर्भ गर्ने उनको भनाइ छ ।
मुनीले लेखेका छन्, ‘नेपाल सुस्तामा भारतको क्षेत्रमा बसेको छ, जुन नदीको बहाव परिवर्तनको परिणाम हो ।’
सीमा मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासहरु भने प्रत्यूत्पादक हुने चेतावनी मुनीले दिएका छन् ।