उज्वेकिस्तानविरुद्ध कोलम्बिया ३-१ ले विजयी


Capital Headline
प्रकाशित मिति : बिहिबार, असार ४ २०८३
874
SHARES

४ असार काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत मेक्सिको सिटी रंगशालामा भर्खरै सकिएको खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई पराजित गरेको छ।  खेलमा कोलम्बियाले ३ र उज्वेकिस्ताले १ गोल गरेका छन्।  हिलो हाफमा १ गोल गरेको कोलम्बियाले दोस्रो हाफमा दुई गोलको मद्दतले उज्वेकिस्तानलाई हराएको हो। यो जितसँगै कोलम्बिया तीन अंकसहित समूह ‘के’ को शीर्ष स्थानमा उक्लेको छ।

कोलम्बियाको लागि पहिलो गोल ४० औँ मिनेटमा ड्यानिएल मुनोजले गरेका थिए।  पहिलोपटक विश्वकप खेलिरहेको उज्वेकिस्तानले खेलको ६० औं मिनेटमा बराबरी गोल फर्काउन सफल भए पनि खेलमा जित हासिल गर्न भने सकने।

उज्वेकिस्तानका एबोसबेक फायजुलेभले हेडबाट टिमका लागि १ गोल गरे।  कोलम्बियाले फेरि ६५ औँ मिनेटमा दोस्रो गोल गर्दै अग्रता बनाएको थियो। कोलम्बियाको लागि दोस्रो गोल डियाजले गरेका हुन्।

दोस्रो हाफको इन्ज्युरी समयको नवौँ मिनेटमा जमिन्टन काम्पाजले कोलम्बियाको लागि तेस्रो गोल गरेसँगै खेलमा कोलम्बियाले सानदार जित निकालेको हो।