हुम्लामा गयो भूकम्प


Capital Headline
प्रकाशित मिति : आइतबार, असार ७ २०८३
2.1K
SHARES

७ असार काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार (असार ७) दिउँसो २ बजेर ३२ मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, यसअघि जेठ २९ गते संखुवासभामा ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।