दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु
Capital Headline
प्रकाशित मिति :
सोमबार, असार ८ २०८३
1.3K
SHARES
८ असार काठमाडौँ । काठमाडौँ र ललितपुरमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ललितपुरको बाँडेगाउँमा आइतबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ९ वर्षीय बालक वालदेन तामाङको मृत्यु भएको हो । उनको उपचारको क्रममा नमस्ते मेट्रो अस्पतालमा मृत्यु भएको हो । बालकलाई ठक्कर दिने मोटरसाइकलको नम्बर नखुलेको र खोजी कार्य भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट