उसुको थाउलो टोलीले एसियाली खेलकुदको तयारी चीनमा गर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन १ २०८३
684
SHARES

१ श्रावण काठमाडौं । नेपाली उसुको थाउलो टोलीले जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदको तयारी चीनको कुन्मिङमा गर्ने भएको छ । तयारीका लागि टोली आइतबार चीनतर्फ लाग्ने छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रामचरित्र मेहता र चिनियाँ दूतावासका कन्सुलर वाङ दोङले शुक्रबार बिदाइ गरे ।

खेलाडीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिन्जाली र सविता राई छन् । यसैगरी, सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग जोडिने छिन् । टोलीको प्रशिक्षकमा प्रकाश महर्जन छन् ।

एसियाली खेलकुदमा सहभागी नभए पनि निमा घर्तीमगर र प्रशिक्षक नविन बस्नेत टोलीसँगै हुनेछन् । नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा टोलीले युनान विश्वविद्यालयमा प्रशिक्षण गर्ने नेपाल उसु महासंघका महासचिव नवराज ढुंगनाले जानकारी दिए ।

महासचिव ढुंगानाले तत्काललाई खेलाडी एक महिनाका लागि प्रशिक्षणमा रहने बताए । उनका अनुसार, थप एक महिनाको प्रशिक्षणका लागि पनि पहल भइरहेको छ ।  ढुंगानाले एसियाली खेलकुदमै सहभागी हुने सान्सौँ टोलीको पनि युनानमै प्रशिक्षणका लागि प्रयास भइरहेको बताए ।