आगो लागेको कारभित्र सीट बेल्ट बाँधेको अवस्थामा मृत भेटिए चालक


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ५ २०८३
1.9K
SHARES

५ श्रावण काठमाडौं । चोभारमा आगलागी भएको निजी कारका चालक सीट बेल्ट बाँधेको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार मृतकको अन्य पहिचान हालसम्म खुलेको छैन ।

उक्त कारमा अन्य कोही पनि सवार थिएनन् । मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिँदै छ ।