खहरे खोलामा बिहान साढे ११ बजेदेखि मुग्लिन-नारायणगढ सडक एकतर्फी खुल्यो


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन १२ २०८३
1.2K
SHARES

१२ श्रावण काठमाडौं । सुक्खा पहिरोका कारण बन्द मुग्लिन-नारायणगढ सडक आपत्‌कालीन सेवाका र साना सवारीसाधनका लागि एकतर्फी खुलाइएको छ।  सडक डिभिजन भरतपुरले आज बिहान ११:३० बजे जारी गरेको सूचनाअनुसार खहरेखाेला मुग्लिननजिकै सुक्खा पहिरो जाँदा दुईतर्फी नै अवरुद्ध भएको सडक एकतर्फी मात्र खुलेको हो।

तीनवटा मेसिनद्वारा पहिरो हटाउने कार्य भइरहेको छ। हाल आवागमन एकतर्फी खुलाई आपत्‌कालीन सेवाका सवारीसाधन र साना सवारीसाधनहरूलाई खुला गरिएको छ सूचनामा भनिएको छ, पहिराेका कारण राेकिनुभएका सम्पूर्ण यात्रु महानुभावहरू धैर्य गरी बसिदिनुहुन आग्रह गरिन्छ।