टिपरको ठक्करबाट एकजनाको मृत्यु
१४ श्रावण बुटवल । कपिलवस्तुमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ दक्षिण रहटकोलस्थित सडकमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो । बुधबार राति ११ः२० बजे संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना ८ ख ६३१० नम्बरको टिपरले हालसम्म नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उनको ढाड, छाती तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो । उनको प्रारम्भिक उपचार संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा गरिएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएकोमा बिहीबार बिहान २ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।