भारतीय नागरिक चढेको कार दुर्घटना हुँदा चार जना घाइते


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन १७ २०८३
665
SHARES

१७ साउन काठमाडौं । दाङ जिल्लाको राप्ती गाउँपालिका गाउँपालिका ४ गोपीनाला स्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्। भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको थियो।

दुर्घटनामा परेका चालक भारतीय नागरिक सिद्वार्थ न.पा.-०६ बस्ने वर्ष २५ को रवि महमद, चालककी श्रीमती वर्ष ३४ की फराह सेख, उनीहरूका छोरी वर्ष ६ की रिफा सेख र सोही ठाउँका वर्ष ३२ को सनि कुमार रहेका छन्।

घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया पठाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।