चालकसहित ३ जना सुनकोशी नदीमा बेपत्ता


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १८ २०८३
760
SHARES

१८ साउन काठमाडौं । सिन्धुलीस्थित मध्यपहाडी राजमार्गबाट सुकोशी नदीमा कार खस्दा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा नाम नखुलेका कार चालक, कारमा सवार सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र नाम नखुलेका एक जना हेल्पर छन् ।

फिक्कल गाउँपालिका–२ नवलपुरमा काठमाडौंबाट ओलखढुंगातर्फ जाँदै गरेको हेमबहादुर तामाङले चलाएको बा. प्र. ०८–००१ ख ०१४४ नम्बरको बसले उक्त खोटाङबाट खुर्कोटतर्फ आउँदै गरेको कारलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट कार नदीमा बसेको हो । कारको नम्बर खुलेको छैन ।