गण्डकी मेडिकल कलेज र आन्दोलनरत इन्टर्न डाक्टरहरूबीच सहमति


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३१ २०८३
285
SHARES

३१ श्रावण काठमाडौं । गण्डकी मेडिकल कलेज (पोखरा)मा अध्ययनरत एमबीबीएस इन्टर्नसिपका प्रशिक्षार्थी चिकित्सकहरू र कलेज व्यवस्थापन समितिबीच सहमति जुटेको छ । इन्टर्न डाक्टरहरूले उठाएका विभिन्न मागहरूका सम्बन्धमा कलेज व्यवस्थापन समिति र आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरूबीच भएको समन्वय बैठकमा दुईबुँदे निर्णय गर्दै सहमति कायम गरिएको हो ।

सहमतिअनुसार इन्टर्न डाक्टरहरूलाई यसअघि उपलब्ध गराइँदै आएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनले निरन्तरता दिने भएको  छ । यस्तै, अन्य थप विषयहरूमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय एवम् अन्य नियमनकारी निकायहरूबाट प्राप्त हुने निर्देशनअनुसार अघि बढ्ने निर्णय भएको छ ।

sahmati-1786876801.jpg