डट्स ई-स्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ७ २०८३
1.9K
SHARES

७ भदौ काठमाडौं । पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) फल सिजनको उपाधि डट्स ई-स्पोर्ट्सले जितेको छ। विजेता टोलीले पुरस्कार स्वरूप ४०० अमेरिकी डलर प्राप्त गरेको छ।

ई–स्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरबाट छनोट भएका १६ टोलीले प्रतिस्पर्धा गरेका थिए। दशरथ रंगशालास्थित कभर्ड हलमा आइतवार भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै डट्स  ई-  स्पोर्ट्सले उपाधि हात पारेको हो।

प्रतियोगिताबाट उत्कृष्ट १२ टोलीले ‘रोड टू पिएमजीओ’ अन्तर्गतको अर्को चरणमा प्रवेश गरेका छन्। यस चरणले नेपाली टोलीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्ने बाटो खोल्नेछ।

विजेता टिमलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र ईशानका कार्यवाहक अध्यक्ष हिम बिक्रम केसीले पुरस्कार तथा ट्रफी हस्तान्तरण गरे।