विपद् जोखिम राष्ट्रिय परिषद्को बैठक सुरु
Capital Headline
प्रकाशित मिति :
बुधबार, भाद्र १० २०८३
1.4K
SHARES
१० भदौ काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बैठक बसीरहेको छ । रसुवामा आज बिहान गएको बाढीको विषयलाई लिएर बैठक बसेको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त बैठकमा हाल नेपाली सेनाको तर्फबाट बाढीले पुर्याएको क्षतिको विवरण ब्रिफिङ भइरहेको छ ।
बैठकमा क्षतिको पूर्ण विवरण प्रस्तुत गरिनुका साथै तत्काल चाल्नुपर्ने कदमबारे आवश्यक निर्णय लिइने जनाइको छ ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट