राष्ट्रपतिको निर्देशनमा चिनियाँ प्रधानमन्त्री ली छ्याङ पहिरो प्रभावित क्षेत्रमा
११ भदौ काठमाडौं। चीनका प्रधानमन्त्री (प्रिमियर) ली छ्याङ बुधबार बिहान ठूलो पहिरो गएको दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित ग्यिरोङ (केरुङ) क्षेत्रमा पुगेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्यसमेत रहेका लीलाई चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी जिनपिङले सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरूको टोलीको नेतृत्व गर्दै विपद्ग्रस्त क्षेत्रमा जान जिम्मेवारी दिएका हुन्।
लीको नेतृत्वमा गएको टोलीले उद्धार तथा राहत कार्यको निरीक्षण गर्नेछ। साथै, टोलीले उद्धार तथा राहत कार्यमा खटिएका कर्मचारीहरू र विपद्बाट प्रभावित स्थानीयवासीलाई भेट्ने कार्यक्रम रहेको ग्लोबल टाइम्सले जनाएको छ।