चीनतर्फको ताल फुटेको सूचना आयो – रसुवा सीडीओ
१२ भदौ काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ ।
चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी आएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए।
प्रजिअ परियारले भने, ‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ । नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।’
यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशूली नदीका मुख्य स्रोत/शाखा बन्ने गर्छन् । तिब्बतबाट बगेर आउने पुरेपु र छोचेन खोला नेपालको रसुवागढी नजिक प्रवेश गरेपछि भोटेकोशी/त्रिशूली नदी प्रणालीमा गाभिन्छन् ।