त्रिशुली ‘थ्री ए’ सुरुङमा पुग्यो उद्धार टोली, भित्र छिर्ने प्रयास जारी


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १३ २०८३
1.7K
SHARES

१३ भदौ काठमाडौं । त्रिशुली ‘थ्री ए’ सुरुङमा फसेकालाई उद्धार गर्न गएको टोलीले  सुरुङको माथिल्लो भागमा पुगेको छ ।त्यहाँबाट भित्र हावा पठाउने काम सुरु भएको जानकारी गृहमन्त्री सुधन गुरुङले दिएका छन् । उद्धार टोली आजै सुरुङभित्र पस्ने तयारीमा रहेको उनले बताएका छन् । ”हामीले सानो प्वालबाट हावा पठाउन सुरु गरेका छौँ । अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाउनेछौँ,” उनले भनेका छन् ।

नेपाली सुरक्षा संयन्त्रका साथै भारत तथा चीनबाट आएका सुरुङ उद्धार टोली त्यहाँ खटिएका छन् ।