काठमाडौंमा पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याइँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १४ २०८३
1.6K
SHARES

१४ भदौ काठमाडौं । सरकारले हेटौँडाहुँदै त्रिभुवन राजपथ (बाइरोड) बाट अत्यावश्यक सामान ढुवानी गर्ने तयारी थालेको छ।कृष्णभीरमा सडक भासिएपछि काठमाडौंका लागि अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुने भएपछि सरकारले पेट्रोलियम पदार्थ बाइरोडको बाटोबाट ल्याउने तयारी थालेको हो।

भोटेकोशी बाढीका कारण मुग्लिनको बाटो ३ दिन बन्द भएर खुलेको थियो। कृष्णभीरमा सडक भासिएपछि मुग्लिन–नारायणगढको बाटो बन्द भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुन नदिन काम गरिरहेको छ। मन्त्रालय स्रोतले भन्यो, ‘अहिले कुनै पनि वस्तुको आयात रोकिएको छैन। मुग्लिनको बाटो बन्द भए पनि अन्य बाटोबाट अत्यावश्यक वस्तु आयात भइरहेको छ। हामीले विशेष ध्यान पेट्रोलियम पदार्थ आयातमा दिइरहेका छौँ।’

हिजो नेपाल आयल निगमले १२ लाख लिटर पेट्रोल र ६ लाख लिटर डिजेल बिक्री वितरण गरेको थियो। ढुवानीका ठूला सवारी कम चलेका कारण डिजेलको माग घटेको छ।