११ दिनपछि सशस्त्रद्वारा जीवित उद्धार


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र २० २०८३
1.4K
SHARES

२० भदौ नुवाकोट । भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले जीवित उद्धार गरेको छ ।उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

उद्धार गरिएकी वृद्वा अचेत रहेको र स्वास्थ्य परीक्षणपछि स्थिति भन्न सकिने थापाले बताए । उद्दार गरिएको महिलालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।  बिदुर १० बेत्रावतिकी चन्द्रीका श्रेष्ठको उद्धारपछि काठमाडौं लगिएको हाे  । उनी अचेत अवस्थामा छिन् ।